माया प्रेमका गजल| पुरा हुदैछ |भ्रम बकवास थियो , आज पुरा हुदैछ।

तिम्रो भ्रमको आस थियो , आज पुरा हुदैछ
भ्रम बकवास थियो , आज पुरा हुदैछ।


आसमा कति जिउँ आसको फल अघि हुदाँ
मायाको आवास थियो , आज पुरा हुदैछ।


बुझ्न सकिने तिम्रो मन जान्दा पनि पैले किन
सब पर्दाफास थियो , आज पुरा हुदैछ।


साँच्चै रैछ माया तिम्रो भित्री आत्मा देखिनै
तिम्रो झन् खास थियो , आज पुरा हुदैछ।


तिम्रो साथ पाउनलाई आज सम्म कुरिरहें
मेरो वनबास थियो , आज पुरा हुदैछ।
यात्रामा छु म आफै...