I myself am on the journey of all the muktaka ghazals
१.जस्तो लाग्छ मुक्तक
तिमिलाई पाउनु मेरो ठुलो, जित् जस्तो लाग्छ
फेरि, तिमि मेरो पुरानै, अतित् जस्तो लाग्छ
हेरिरहुँ लाग्छ तिम्लाई, थाक्दैनन् आँखाहरु
मेरो मनको तिमि परम्, मित जस्तो लाग्छ
तिमि हुन्छौ जब-जब, कल्पनामा मेरो
जे भए नि मलाई मेरै, हित जस्तो लाग्छ
कसरि सफल् भयौ, मलाई पागल बनाउन
तिमि मेरो भावनाको, गित जस्तो लाग्छ
कस्ले लेख्छ र यहाँ ? हाम्रो कहानिलाई,
अझै, मुनामदन् हुन्छ, चर्चित जस्तो लाग्छ
२.परिभाषा था हुन्छ लगाउने लाई मात्र
परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र।
माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात्र।
पाउनेले त चिठी-पत्र च्याती फ्यँकिदेला,
शब्दशब्द सबै प्यारो पठाउनेहरुलाई मात्र।
जानेहरु जालान् फुलैफुलको बाटो भयेर,
काँडा जती भागमा धाउनेहरुलाई मात्र।
नजिककै तिर्थ आखिर हेँला हुन्छ साथी,
मिल्दैन रे माया यहाँ आऊनेहरुलाई मात्र।
सुन्दा कती मिठो लाग्छ सारङ्गिको धुन,
गाह्रो हजुर कति बजाउनेहरुलाई मात्र।
परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र।
माया त्यो गीत हुन्छ गाउनेहरुलाई मात ।
३.आस थियो र पो गजल
तिमिलाई कर किन गर्थें, आस थियो र पो
नपल्टिएको तिन पत्ति, तास् थियो र पो
तिम्ले वास्तै नगरेसि, भुलिदिन्थें साहेद
तिम्रै यादमा खाने हर, गाँस् थियो पो
समय कटाउनै त, धेरै छन् उपायहरु
तिमिप्रति को अनुभव, खास थियो र पो
मेरो पछि लाग्नेको नि, कमि कहाँ हो र
ह्रदयमा तिम्रै मात्र, बास् थियो र पो
सम्झिनै परेन कहिल्यै याद आउँथ्यो आफैं
एक्लै हुँदा पनि साथको, आभाष थियो र पो
४.गजल"लागेको हो ठेस मेरो रहरमा आएर
लागेको हो ठेस मेरो रहरमा आएर
मागेपछि साहुले पैसा घरमा आएर,
दुई दिने जवानिको बेकारमा घमण्ड गर्छौ
पात सकिने हो आखिर पत्करमा आएर,
बिर्सन मन थियो त्यो पिडा दिने अतित
मन फेरि अडिन्छ तिम्रो नजरमा आएर,
प्रकोप समेत मान्छेका घर हेरि हेरि आँउछ
बतासले हान्छ मेरै छानाको खरमा आएर,
ईतिहास मा सुनौला अक्षरले नाम लेखाउन
सुरुवात सहर थोत्रा चप्पलको भरमा आएर।
५.आस थियो र पो
तिमिलाई कर किन गर्थें, आस थियो र पो
नपल्टिएको तिन पत्ति, तास् थियो र पो
तिम्ले वास्तै नगरेसि, भुलिदिन्थें साहेद
तिम्रै यादमा खाने हर, गाँस् थियो पो
समय कटाउनै त, धेरै छन् उपायहरु
तिमिप्रति को अनुभव, खास थियो र पो
मेरो पछि लाग्नेको नि, कमि कहाँ हो र
ह्रदयमा तिम्रै मात्र बास् थियो र पो
सम्झिनै परेन कहिल्यै, याद आउँथ्यो आफैं
एक्लै हुँदा पनि साथको,आभाष थियो र पो
६.जिम्मेवारी थपिन्छ..
जिम्मेवारी थपिन्छ.. मेरो अर्कै सुर हुन सक्छ ।
मेरो मन म आफैबाट दुर हुन सक्छ ||
यहि प्रेमको बिश्वासमा शारीर नसुम्पिनु तिमि
मलाई पाउने तिम्रो सपना चक्नाचुर हुन सक्छ।
७.कागजकाे जहाज…
सुहाउँदाे गहुँगाेराे छाला खाेज्दै रैछे…
म सुनकाे उ हिराकाे माला खाेज्दै रैछे।
म भने देशकाे देशभक्त नागरिक…
उ त केटा ग्रीन कार्ड वाला खाेज्दै रैछे।
म अलि सर्माउछुँ केटीकाे मामलामा…
उ भने मेराे चञ्नले चाला खाेज्दै रैछे।
हाम्राे त जहाज बन्छ कागजकाे मात्र…
आफैं उड्ने उडान खटाला खाेज्दै रैछे।
यात्रामा छु म आफै
0 Comments