यात्रामा छु म आफै ||I myself am on a ghazal journey
गजल
जति चिनिएपनि ल्हासा धनका लागि
सपनाको चिहान बन्यो मदनका लागि ।
जवानी संझिनु परेमा तिमी काफि छौ
सिंगो घर जिउँदो छ बचपनका लागि ।
थाहा छ, जाँदा केही लैजान दिँदैनन्
किन मरिहत्ते गर्छ मान्छे धनका लागि ?
समय कटाउन पनि म नै चाहिने रहेछु
म स्थायी बिषय बनेछु दुश्मनका लागि ।
छोरा हो ! किनेर सिरानीमुनि राखेको छु
तिमीहरू नबाज्नु मेरो कफनका लागि ।
हिड्दै छु सपना सजाउन ठूलो धन कमाउने आस म ।
थाहा छ मलाई यो सन्सार मा यात्रामा छु म आफै खास मा ।।
0 Comments