२० मन छुने लाईन||मन छुने शब्द 

20 heart touching lines || heart Touching words

२० मन छुने लाईन||मन छुने शब्द 

१• पैसा ठूलो होइन कसरी भनु त्यही पैसा नहुदा आफ्ना भनाउदाहरुको बचनका ती प्रहार कसरी बिर्सिनु

२• जुन घमण्ड तिमीले बोकेर हिडिराछौ नि,कुनै दिन त्यहीँ तिम्रो घमन्डले गर्दा तिमी पछुताउनु पर्नेछ !

३• भाग्यमा नभएर मात्र हो नत्र एक जना थियोे जसलाई आफ्नो प्राण भन्दा बढी माया गरेकै हो!

४• रुवाएर गएपनि गूनासो छैन केहि तर सङ्गै जिउने बाचा चै नगरे को भय हुन्थ्यो

५• खै कस्तो ठाँउमा पुगेर अट्केको छ जिन्दगी आफैलाइ सोचेर बिरक्त लाग्ने गर्छ आफ्नै जिन्दगी बाट

६• तिमी खुसी रहनु मेरो त जिन्दगी नै खराब छ...

७• खै कसरी बयान गरुम त्यो मायाको प्राण उनमै बसेको छ अङ्गालोमा अरु नै छन

८• वास्तविकता तिमीले नि बुझें भए सायद आज हामी छुटिनु पर्थिएन....

९• भेट छोटो थियो, जिन्दगि लामो सम्बन्ध छोटो थियो, याद लामो

१०• लेख्न कहाँ सकिन्छ र दिलका सबै हालहरु जबफ बिहिन हुदा रहेछन् कतिपय सवालहरु......

११• तिमीले सुरु गरेको यो प्रेमको यात्रा म अन्त्य गर्छु स्वार्थि नभनु है माया किनकि जे गर्दैछु तिमीबाट सिकेको पाठ हो

१२• कति छिटै टाढा हुन्छन् है ती मान्छेहरु, जसलाई हामी जिन्दगी मानेर कहिल्यै, गुमाउन चाहदैनौ

१३• जब बोल्नै नचाहने मान्छे संग पनि जिन्दगि बिताउने कल्पना गरिन्छ नि,तब लाग्छ प्रेम साच्चिकै पागलपन रहेछ।

१४• आफ्नो खुसि त्यागेर उसलाइ खुसि दिदा पनि उसकाे लागि सधै नराम्रो भए

१५• जिन्दगी यस्तै रहेछ साथी, कोर्न सके चित्र अनि नसके विचित्र ।

१६• खै जिन्दगीमा आफ्नो त भर हुदैन अरु कस्को नै पो भर गरेर बिश्वास गर्नु

१७• मलाई तेहि फुलको पाप लाग्यो माया जुन फुल टिपेर तिम्लाई दिने गर्थें ।

१८• आकाश जस्तै सुनशान छ जिन्दगी अनि ताराहरू जस्तै छरिएका छन् सपना

१९• आफ्नो माया सफल नभएर होला यो माया भन्ने शब्द सुन्ने वित्तिकै घृणा लागेर आउछ।

२०• खुशी किन्ने रहर नभएको होइन नि,दुख बेच्ने सहर नपाएर हो ...


यात्रामा छु म आफै