२० यथार्थ मन छुने लाइनहरु संग्रह| यात्रामा छु म आफै //Really touching lines collection
भोगाई भित्रको अर्को भोगाई रहेछ प्रेम,सहनै नसक्ने गरी मन, दुख्दा पनि उसैको माया लाग्दो रहेछ...!
जिन्दगीभर याद रहन्छ त्यो अनुहार जस्ले केही क्षण हसाएर जिन्दगी भरको लागी आशु दिएर गएको हुन्छ..!!
माया त अथाह नै थियो तिमीले बुझ्न सकेनौ अब म बुझाउन पनि सक्दिन सधैका लागि छोडिदिए तिमीलाई रमाउनु आफ्नो संसारमा ।
बाटो बिराएर मन हराएको मान्छे हु म दुख र पिडा लुकाएर बाचेको छु माया को खेलमा हारेको मान्छे हो म छितिज पारि को शुन्यता मा रमाई रहेको छु ।
थाम्नै नसक्ने गरि मन दुख्दा पनि गुनासो गर्न सकिनँ मेरो मायाको महसुस नहोस् तिमीलाई म मरेको दिन !
टाढा भएको होइन म तिमी बाट तिम्रो वरिपरी मान्छेहरु थपिदै गए तेसैले म त्यो भिडमा हराउदै गएको हो सानू..।
बर्बादीमा प्रथम भएको मान्छे हु म...मलाई यो😥😥 माया र दुःख पिर, मिलन र बिछोड्का सामान्य परिभाषा दिन नआए हुन्छ तिमी..।
यदि भगवान संग मागेर नै चाहेको सबै कुरा पूरा हुन्छ भने,बिन्ती छ भगवान,जुन जुन कुरा भाग्यमा लेखिएकै छैन भने, त्यो चिज यी आँखालाई कहिल्यै मन नपरोस....
अब म सँग बाँकी खासै केही रहेन, रित्तेको मन,मरेको आशा,अधुरो सपना अपुरो चाहाना,अनि....जसो तसो चलेको जिन्दगी बाहेक ।।
के काम अनि के को व्यापार गछौ भनी नसोध मलाई घृणाको बजारमा मायाको सानो दोकान छ मेरो ।
म प्रेमको डाक्टर भए, रोग जाचिदिन्थे मेरो आयु लाग्ने भए, कम बाचिदिन्थे आफ्नो भाग्य आफै लेख्न मिल्ने भए तिम्रो नाम लेखे पछी कलम भाचिदिन्थे....।
पाएको कुरा त मुस्कुराउँदै छोड्नु परेको छ,चाहेको कुरा नपाउँदैमा गुनासो किन गर्थेर माया•••।
मैले हजारौ कोसिस गर्दा पनि नपाएको तिम्रो साथ कसैले free मा पाएको छ, थाहा छैन कदर होला नहोला त्यो सम्बन्धमा, तर सधै खुसी हुनु तिमी अनि आफ्नो ख्याल राख्नु ल....माया....
पाउनु भन्दा गुमाउनु को मजा नै अर्कै हुन्छ बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ आशु बन्छ बोलि, बोली बन्छ गजल र त्यो गजल मा तिम्रो नाम हुनुको मजा अर्कै हुन्छ। माया...
रिहाई गर्नु छ कैदि बनेका सपना र खुशीलाई धरौटीमा जिवन भरको संघर्षलाई राखेर ।
मलाई धोखेबाज नसम्झनु समस्या एति होतिम्ले टाढा बनाउन खोज्यौ र म भैदिये....माया ...
सबै बाट रिन लिएको छु, "आफन्त बाट आँसु साथी बाट पैसा समाज बाट हेला "माया गर्ने मान्छे बाट धोका एक दिन सबैलाई तिर्नु छ ।
मेरो लागि नि एकदिन भिडभाड हुनेछ आज मेरो अनुहार हेर्न नचाहने हरु पनि त्यो दिन कात्रो फर्काएर मेरो अनुहार हेर्न आउनेछन...!
Post a Comment
0
Comments
तपाईंहरुको बिचार तल हामी लाई पठाउनु होस || Send us your thoughts below
यात्रा
Journey Of Life
कथा ( कबिता ) मन छुने लाईन (मन छुने शब्द ) गजल (मुक्तक) उपन्यास
my words
साधरण मान्छे हु साधरण काम गर्छु आफ्नो पेसालाई सधै सम्मान गर्छु । सामान्य जिवनमा नै आफुलाई खुसि बनाउछु नेपाली साहित्य धेरै पढ्न मन पराउछु अनि पढ्छु र आफुपनि लेख्न प्रयास गर्छु मेरो यो खुल्ला डायरीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यहाँले जुनसुकै बेला पढ्न सक्नुहुनेछ । यहाँ हरुले webesite भिजिट गर्नु भएको मा हार्दिक धन्यवाद
0 Comments