१. तिम्रो यादहरु सँग रमाउदै हिड्ने गरेको छु

बिर्सिए झै गरेर सम्झी रहेको छु...
नदेखेझै गरेर हेरीराको छु...

तिम्रो हात समाई हिड्ने मेरो तक्दिरमा त रहेनछ...
तर तिम्रो यादहरु सँग रमाउदै हिड्ने गरेको छु...

२. घर बनाउन घर छाड्नुपर्छ

यहाँ घर बनाउन घर छाड्नुपर्छ । 
किनाराले पनि त किनारा भेटाउन बगर छाड्नुपर्छ ।

तपाइ खुशी हुँदै खुशी किने भन्नुहुन्छ, 
केवल बाच्नैका निम्ति पनि मैले रहर छाड्नुपर्छ ।

यात्रामा छु म आफै..