नेपाली Top १७ वटा गजलहरु nepali top 17 gazal
१•धनको गरिब भए पनि,
धनको गरिब भए पनि चोखो माया दिउँला जुनीभर ।
दुई मुटुको धड्कन् बन्दै तिमिलाई साथ दिउँला जुनीभर ।
आलिसान महल छैन मेरो झुपडीको बास दिउला जुनिभर ।
दिगो प्रेम सजाएर चोखो माया साथ दिउँला जुनीभर ।
चाहनाको घुम्टो ओडाएर माया प्रेमको पूजा गर्दै जिउला जुनिभर।
दु:ख सारा बिर्सिएर मायाको मात दिउँला जुनीभर ।
तिम्रो जिबन बनी रुझी दिउला झरी बादल् जिन्दगीको ।
उकाली र ओराली सगै गर्न साथ दिउँला जुनीभर ।
सङ्घर्ष हो भाग्य हाम्रो बुझ्ने गर्छ कर्मबाजि ।
भयो वाचा तिम्रो कसम सङ्गै जिउने, साथ दिउँला जुनीभर
२• मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ
मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ
भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अंगलोको आभास अझै बाँकी छ
सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब
मरुभूमीय अतृप्तिको एहसास अझै बाँकी छ
आज भोलि मौसम खराब छ ए मेरो दुःखी मन
उन्को र मेरो सुवासित मधुमास अझै बाँकी छ
तिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कन
यो ओठमा तिम्रो आधारको सुवास अझै बाँकी छ
कती पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो
फेरि पनि जिउँदोछु भन्ने कटुमास अझै बाँकी छ
३• तिमिलाई पाउनु मेरो ठुलो, जित् जस्तो लाग्छ
तिमिलाई पाउनु मेरो ठुलो, जित् जस्तो लाग्छ
फेरि, तिमि मेरो पुरानै, अतित् जस्तो लाग्छ
हेरिरहुँ लाग्छ तिम्लाई, थाक्दैनन् आँखाहरु
मेरो मनको तिमि परम्, मित जस्तो लाग्छ
तिमि हुन्छौ जब-जब, कल्पनामा मेरो
जे भए नि मलाई मेरै, हित जस्तो लाग्छ
कसरि सफल् भयौ, मलाई पागल बनाउन
तिमि मेरो भावनाको, गित जस्तो लाग्छ
कस्ले लेख्छ र यहाँ ? हाम्रो कहानिलाई,
अझै, मुनामदन् हुन्छ, चर्चित जस्तो लाग्छ
४•ओहो! तिम्रो आखा बाट आँसु कसरी झर्न सक्छ
ओहो! तिम्रो आखा बाट आँसु कसरी झर्न सक्छ।।
भनन झुटो प्रेमले के साच्चै यस्तो गल्ती गर्न सक्छ ।
यहाँ दुई डुङ्गामा खुट्टा टेक्नेले तर्न सक्दैन नदिलाई,
बरु पौडिन नजान्नेले आट मात्र गर्यो भने तर्न सक्छ ।
हरेकको समय आउँछ मित्र सानो सोचेर हेप्छौ किन ?
यत्ती बुझ अञ्जुलीको पानीले पुरै गाग्रो भर्न सक्छ ।
म आखामा प्रेमको कसिङ्गर परेर हो अन्धो भएको,
कसरी मानौ कि हाम्रो प्रेम सदाको लागि मर्न सक्छ।।
मैले यसकारण आफ्नो गन्तव्यको बाटो बदलेको हु,
कतै मेरा मलामी, तिम्रा जन्तीको बाटो एउटै पर्न सक्छ
५• राम्री देखिएछौ अलिकति रिसाउँदा
राम्री देखिएछौ अलिकति रिसाउँदा
झनै राम्री त्यसै माथि हाँसो मिसाउँदा।
नरिसाउँन तिमी, गल्ती भयो म बाट
तिमी त हौ साथ दिने बाटो बिराउँदा ।
खुशीको त सिमा हुन्न तिमी साथ हुँदा
जुनी जिते जस्तो लाग्छ हात मिलाउँदा।
स्वर्ग कहाँ खोज्न जानु तिमी साथ लिई
खुशी मान्छु साथ तिमीसंग बिताउँदा।
साथ नछुटोस कैले पनि तिमीसंग
आउँनेछु सपनीमा तिमी निदाउँदा।
६• राम्री देखिएछौ अलिकति रिसाउँदा
राम्री देखिएछौ अलिकति रिसाउँदा
झनै राम्री त्यसै माथि हाँसो मिसाउँदा।
नरिसाउँन तिमी, गल्ती भयो म बाट
तिमी त हौ साथ दिने बाटो बिराउँदा ।
खुशीको त सिमा हुन्न तिमी साथ हुँदा
जुनी जिते जस्तो लाग्छ हात मिलाउँदा।
स्वर्ग कहाँ खोज्न जानु तिमी साथ लिई
खुशी मान्छु साथ तिमीसंग बिताउँदा।
साथ नछुटोस कैले पनि तिमीसंग
आउँनेछु सपनीमा तिमी निदाउँदा।
७•लागेको छ ठेस मेरै रहरमा आएर
लागेको छ ठेस मेरै रहरमा आएर
मागेपछि साहुले पैसा घरमा आएर,
दुई दिने जवानिको बेकारमा घमण्ड गर्छौ
पात सकिने हो आखिर पत्करमा आएर,
बिर्सन मन थियो त्यो पिडा दिने अतित
मन फेरि अडिन्छ तिम्रो नजरमा आएर,
प्रकोप समेत मान्छेका घर हेरि हेरि आँउछ
बतासले हान्छ मेरै छानाको खरमा आएर,
ईतिहास मा सुनौला अक्षरले नाम लेखाउन
सुरुवात सहर थोत्रा चप्पलको भरमा आएर।
८•तिमीलाई भर गर्नु पनि मेरो भुल भयो
तिमीलाई भर गर्नु पनि मेरो भुल भयो
कठैबरी मेरो माया अप्रिल फुल भयो
मैले धोका दिएँ होला पहिला जुनिमा
माने यो जुनिमा हिसाब असुल भयो
कोही पर्खिरहेको रहेछ गयौ उसैसँग
यो मन त केवल खोला तर्ने पुल भयो
धोका नाम गरेको लाम्खुट्टे पो पसेछ
हाम्रो माया नै प्वाल परेको झुल भयो
न जान्छन छोडेर न त पुरा हुन्छन अब
देखेको ति सपनाहरु सबै फजुल भयो
९•पहिले जस्तो थियो हाल उस्तै छ
पहिले जस्तो थियो हाल उस्तै छ !!
सुध्रिएन जिन्दगीको ताल उस्तै छ!!
केही त राम्रो होला भन्ने आश थियो,
तर केही भएन नयाँ साल उस्तै छ!!
खुशी भए पो सबै परिवर्तन हुन्थ्यो,
दुखै दुख छ के गर्नु सवाल उस्तै छ!!
धोका अनि ठक्कर खाइरहदा पनि,
बेकुफ यो मनको प्रेमजाल उस्तै छ!!
१०•जित्छु भन्यौ तिमिले हाँसी हाँसी हारी दिए
जित्छु भन्यौ तिमिले हाँसी हाँसी हारी दिए
छोड्नु भन्यौ तिमिले डेरा अन्तै सारी दिए ।
तिमिलाई खुसी राख्न हर प्रयास गर्दा गर्दै
मन्को सारा इच्क्षाहरु तिम्रैलागी मारी दिए ।
के थियो उन्मा त्यस्तो मैले दिन नसकिने
नाता हाम्रो खारभन्यौ त्योपनी खारि दिए ।
फेरी सोध्यौ मलाई कस्तो छ तिम्लाई भनी
खुसीका साथ बाचिराछु भनी एसै टारी दिए ।
यस्तो लाग्छ अझै पनी तिमी नैछौ वरिपरी
भुल्छु भनी आँखाबाट आँसु बनाइ झारी दिए ।
छाडी गएउ एक्लो बनाएर यो दुनियामा
तिम्रो याद अगालेर पागलसरि बाची दिए ।
नुन बिनाको तरकारी भो त्यसलाई पनि फाली दिए
भुल भनौ तिम्मले मलाई मैले पनि भुलि दिए
११•पुराना यादहरु
पहिलेका राजहरु देख्न थालें आजबाट
नआएका गजलहरु लेख्न थालें आजबाट ।
नजिकैकाे ठानी बसें भित्री कुरा अर्कै रैछ
नजिक आउने छाँया तिम्राे छेक्न थालें आजबाट।
साहाराकाे लाठी सम्झे, लडाइ दियाै सपनाहरु
काल्पनाका लाठीहरु टेक्न थालें आजबाट ।
झुठाे रैछ तिम्ले देका सारा माया, सपनाहरु
सपनाबाटै तिमीलाई फेक्न थालें आजबाट ।
नआएका गजलहरु लेख्न थालें आजबाट।
नजिक आउने छाँया तिम्राे छेक्न थालें आजबाट।।
काल्पनाका लाठीहरु टेक्न थालें आजबाट ।।
सपनाबाटै तिमीलाई फेक्न थालें आजबाट ।।
१२•अचानोको पीर खुकुरीलाई के थाहा
अचानोको पीर खुकुरीलाई के थाहा ?
झुपदीको पीर त्यो हुरीलाई के थाहा ?
आफन्ताको भीडमा पनि एक्लै भएजस्तो
बाआमाको माया टुहुरीलाई के थाहा ?
यता जाऊं उता जाऊँ व्यस्तताको जञ्लालमात्रै
फुर्सद भन्ने कस्तो हुन्छ आतुरीलाई के थाहा ?
मुटु घोच्ने तीर अनि शूलको डसाइ
मनाई छिया छिया पार्ने छुरीलाई के थाहा ?
पसिनाको कमाइमा बाँच्नु गौरव लाग्छ
दु:ख भन्ने जाँगरिलो पाखुरीलाई के थाहा ?
१३•सम्झिएर रोएँ आज दुःखेर फेरि रोएँ
सम्झिएर रोएँ आज दुःखेर फेरि रोएँ
झर्दा झर्दै आशु सगै डुबेर फेरि रोएँ ।
बिदाईमा रुनु हुन्न सम्झाउदै बाटो लाग्यौ
मन न हो एकान्तमा लुकेर फेरि रोएँ ।
सधै आफ्नो मान्छे सग टाढिएर बस्नु पर्ने
कस्तो रै छ आफ्नै भाग्य थुकेर फेरि रोएँ ।
तिमी आउने दिन गन्दै याद भरि छट्पटिदै
फर्कने त्यो बाटो तिम्रो ढुकेर फेरि रोएँ ।
रात लामो दिन लामो प्रतिक्षा नि कति लामो
कुर्दा कुर्दै आशाको दिप फुकेर फेरि रोएँ ।
बिना तिमी एक्लो जीवन हिड्दा हिड्दै थाकेर
सुस्केरामा पाईलाहरु रुकेर फेरि रोएँ ।
१४•कस्तो छ मेरो हाल, न सोधी गयौ तिमी
कस्तो छ मेरो हाल, न सोधी गयौ तिमी
छोडी हाम्रो नेपाल, न सोधी गयौ तिमी।
तिम्रो साथ जस्तो स्वर्ग छैन अन्त कतै
सुम्सुम्यादै कपाल, न सोधी गयौ तिमी।
सोधेको त थिँए के हुदैछ तिमीलाई
गर्दैमा छेक टाल, न सोधी गयौ तिमी।
के के गर्ने आशा थियो मेरो जिन्दगीमा
बाँकी हुदैं कमाल, न सोधी गयौ तिमी।
मायामा खेलवाड गर्ने भाको छु आज
बनाएर दलाल, न सोधी गयौ तिमी।
१५•तिमीलाई नसम्झेको पल खाली छैन
तिमीलाई नसम्झेको पल खाली छैन।
साँचै माया गर्छु यो मन जाली छैन।
झर्दैन भिरबाट लात नलगाए पत्थर,
यो मुटु छामि हेर सुकेको डाली छैन।
अडिक छु तिम्रो मायाको समर्पणमा,
झुटो बाचाकसमको टिका थाली छैन।
घामलाई छेक्दैन पल भरको बादलले,
नियाली हेर फोहोर बग्ने नाली छैन।
तिमीसँगै जीत मेरो,तिमीसँगै छ खुशी,
बिश्वास गर बिछोडमा बज्ने ताली छैन।
१६•समस्या ठुलै आइदियो हल हुन सकेन
समस्या ठुलै आइदियो हल हुन सकेन ।
यसर्थ पनि जिन्दगी सफल हुन सकेन
त्यो मन आगो बनेर जलाउन आएको बेला ।
यो,मन पनि एकैछिन, दमकल हुन सकेन ।
घरिघरि पानी बनेर बर्सिन, तयार भयो
उडेर गगन चुम्ने बादल हुन सकेन ।
आँखामै राखेकी हुँ! आफै कसिङ्गर बन्यो ।
जो, आँखामै बसेर पनि गाजल हुन सकेन ।
ऊ आफ्नै नजरबाट कयौंपटक गिरेपछि ।
मेरो नजरमा समेत असल, हुन सकेन ।
१७• बाँच्ने सबैले आश मारे पछि नरुनु है
म बाँच्ने सबैले आश मारे पछि नरुनु है
सेतो कफन बेरि मठमा सारे पछि नरुनु है
म भन्दिन तिमी खुसीयालीको भोज गर
मेरो लास मसानघाट झारे पछि नरुनु है
जलाई चिता मेरो अस्तु बगाइ फर्किदा
आउने बाटो काँडाले बारे पछि नरुनु है
मैले होईन दैबले नै धोका दियो म के गरु
म गएर तिमी एक्लो पारे पछि नरुनु है
सँगै जिउने मर्ने कसम बेकार भयो सानु
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है
©यात्रामा छु म आफै
0 Comments