कोहि छुटे,
कसैलाई छुटाईयो !
कोहि हटे आफै,
कसैलाई हटाईयो !
कोहि पन्छिए आफै,
कसैलाई पन्छाईयो !
संयोगले भेटिनेहरु
संगम मै छोडिए आफै,
भाग्यले भेटिनेहरु मन सँग जोडिए !
छुटिएका सँग के गुनासो गर्नु,
न भेटिएका सँग के दुखेसो गर्नु,
आखिर जे भयो ठिकै भयो..!!
सायद उनिहरु पनि त मजस्तै
यात्रामा थियो होला !
अरु त केनै भन्न सक्छु र,
यात्रामा छु म आफै....!
0 Comments