नेपाली गजलहरु 5 nepalese gazal
१• नढाँटी भन न ए साथी
नढाँटी भन न ए साथी, हुन्छ हुँदैन ?
पैसा भन्दा प्यार भारी, हुन्छ हुँदैन ?
मलाई गाह्रो भयो सम्बन्ध निभाउन,
सम्बन्धमा खेलाँची, हुन्छ हुँदैन ?
उनी हलचल मचाउँछिन् दिलमा सधैं
माया प्रेममा मनलाग्दी, हुन्छ हुँदैन?
उनले दिल तोड्ने छैनन् के भरोसा
माया लगाउँदा साक्षी, हुन्छ हुँदैन ?
कति भेट्ने एकअर्कालाई लुकीलुकी
बनौँ न श्रीमान श्रीमती, हुन्छ हुँदैन?
२• चोखो प्रेमका बन्धन अक्सर, टुट्दा रहेछन् !
चोखो प्रेमका बन्धन अक्सर, टुट्दा रहेछन् !
फेरि नजुड्ने गरि जीवनभर, टुट्दा रहेछन् !
आखिर नटुट्ने के रहेछ, म सोचिरहन्छु
अक्सर चङ्गाऔँ मनका रहर टुट्दा रहेछन् !
घरमा छैनन् कुनै घरबार चलाउने उपाय
अक्सर परदेशीहरूका घर, टुट्दा रहेछन् !
कसैको काम नलागेका सकुशल छन् अझै
सबैभन्दा लायक पत्थर, टुट्दा रहेछन् !
दुख बस्ने गाग्री, देखिन कहिल्यै टुटेको
सदैव खुसी राख्ने गागर, टुट्दा रहेछन् !
३• छुटेपछि साथ त्यो हात के गर्छौं?
छुटेपछि साथ त्यो हात के गर्छौं?
छुटेपछि साथ त्यो रात के गर्छौं?
निर्दोष प्रमाणित भइन
म टुटेपछि भ्रम त्यो बात के गर्छौं?
हरेक कदममा दिदै गयौ चोट मलाई
जब हुन्छ पछुतो त्यो घात के गर्छौं?
फूलैफूल परोस् तिम्रो भागमा
कर्मेले पारेपछि त्यो पात के गर्छौं?
असह्य पीडा हुन्छ धोकाको परेपछि
तिमीलाई त्यो रात के गर्छौं?
४• जन्म र मृत्यु
जन्म र मृत्यु प्रकृतिको नियम हो, कहाँ फेरिन्छ
तिमीले जहाँ माऔं, त्यहीँ अर्को प्रेम जन्मिन्छ
जहाँ राख्दापनि श्रृङ्गार बनिदिने मान्छे तिमी
म अँगारलाई नजिक नराख, श्रृङ्गार छेकिन्छ
न उसले सम्झिन्थ्यो होला, न म सम्झिन्थें होला
थोरै ऋण लिएको छु रत ऊ पलपल सम्झिन्छ
सुख वर्षा बनेरै बर्सिए पनि मेरो यो जिन्दगीमा
जिन्दगी कर्कलाको पात रहेछ, कहाँ अडिन्छ
थिएन ऊ त मेरो सम्झनामा बस्न लायक पनि
व्यर्थे मनमा राखें रत मुटु घोच्छ, पीडा दिन्छ
५• बादलले पनि त धर्तिसंग छेडखानी गर्छ
बादलले पनि त धर्तिसंग छेडखानी गर्छ
कैले पानि कैले अशिना निकै मनोमानी गर्छ
रुख, बिरुवा, जंगल नै हो रक्षक हाम्रो
तैपनि किन मानिस जंगल फडानी गर्छ?
सुर्ती-चुरोटमा किन पाबन्दी नलागेको होला थाछैन?,
उद्योगी त्यसबाट निकै आम्दानी गर्छ
सुपोमा कागती बेच्ने बा-लाई उठायो नगरले
सरकार पनि भेदभाव छानी-छानी गर्छ
उनलाई घरबाट निस्कन निकै गारो छ
श्रीमान खै किन त्यति सारो निगरानी गर्छ
0 Comments