मन छुने लाईन | मन छुने शब्द

भाग-४

Nepali Haerd touching words part-4


मन छुने लाईनहरु |मन छुने शब्दहरु 

भाग-४

१• भुतले तर्साएको म बर्तमानमा आत्तिरहेछु।जहिले एताउत भौंतारिदै नाचिरहेछु भन्छ समयले पर्खिदैन रे तेसैले हतारमै भविस्य खोजिरहेछु...

२• म सग त केबल तिम्रो यादहरु मात्र बाकी छ्न बधाई छ त्यो ब्यक्ति लाई जस्को जीवन मा तिमी छौ...सधै खुशी रहनु तिमि...

३• मौका दिनेलाइ धोका नदिनु, र धोका दिनेलाइ कहिले मौका न दिनु !

४• रमाउनु उमेरमा कमाउनु पर्ने भएपछि प्रेमको परिभाषा होइन संघर्षको कथा नै प्यारो हुदो रहेछ...

५• जुन मान्छे को सामु म अब देखि झुक्दिन भन्यो त योई मान्छे को सामु किन बार बार झुक्नु पर्छ भगवान ?

६• अभावले तिर्खाएको काकाकुल झै भैईरहदा थुक सम्म नदिनेको लागि ईनार बन्न पाउ!! बस ईश्वर दाहिने भैदिउन।

७• माफ गर्न सिक्नुपर्छ रे ...आँखा छोप्दैमा रात पर्छ र? गल्ती स्वीकार्न सिक्नुपर्छ रे... दुई र दुई जोडदैमा सात हुन्छ र ?

८• एक दिन यस्तो दुर्घटना भई मृत्यु होस मेरो, अरु बेला प्यारो हुन नसकेको म तिम्राे लागि त्यो दिन प्यारो हुने छ,  माया!!

९• यदि भगवान आएर मलाई के मग्छस् माग भनें मेरो अविवाहित जिन्दगी माग्थे म त...

९०• शब्दहरू प्राय अर्थपूर्ण नै हुने गर्दछन तर पनि अक्सर लेखेका शब्दहरू भन्दा भोगेका शब्दहरूले मन छुने गर्दछ

११• जीवनमा जरुरत पैसाको थियो म पागल किताब पढिरहेँ।

१२• कहिलेकाही त एक्लोपन पनि प्यारो लाग्छ सायद जिन्दगी देखि आफू थाकेर एकान्त खोजेर होला !

१३• सिसा भन्दा नि धारिलो बन्नु छ फुटाएर गए पनि कुल्चिएर जाने आँट कसैले नगरुन...

१४• भाग्यको किताबमा धेरै कुरा लेखिएको थियो तर जिन्दगीले त्यही पाना च्याति दिएछ जहाँ सपना र रहरहरु लेखिएको थियो...

१५• माया नहोस त्यस्तो मान्छे सँग जुन मायामा माया भन्दा स्वार्थ मिसिएको हुन्छ...

१६• बाच्दा सम्म मात्र हो अरुको सानातिना कुराले मन दुख्ने मरेपछि त आगोले झोस्दा पनि पीडा हुँदैन महोदय...

१७• अरु केहि मागदिन भगवान बस समस्याहरु संग लड्ने हिम्मत सधैं दिनुहोला म अब सक्दिन थाकी सके समस्याहरु सग लड्न...

१८• परखाई त उनकै थियो जुन मान्छेलाई जीवनमा कैले आफ्नो बनाउन सकि...

१९• म त्यो मान्छे को माया मा छु जस्लाई मेरो कुनै मत्लब नै छैन म भने उस्कै लागि  पलपल मर्ने गर्छु...

२०• कुरा काट्नेले जसरी पनि कुरा काट्छन् चाहे तिमी रक्सी खाएर नाच चाहे पञ्चामृत खाएर भजन गाउँ...

२१• सबैले त आजभोलि बदलिएको छस् भन्छन् तर कहिले सोधेनन् के भको छ भनेर...

२२• खाेई किन भेट् भयाे हाेला तिमी संग भेट्नै नभकाे भए जिन्दगीभर याद त आउदैन थियो हाेला !!

२३• आफ्नै रोजाइको चिजहरू पनि कति घातक बन्ने रहेछन् भोग्दै छु...

२४• आशा गरेको छु  मेरो सानो गल्ती देखेको तिम्रो आखाले। लाखौं प्रयास गरेको पनि तिम्रो गल्ती पनि पक्कै देखेकै थियो होला...

२५• म छु र त तिम्रो रिस छ नि, यदि म नै रहिन भने भन को संग रिसाउछौ...

२६• छोड्न मरिहत्ये गर्नेहरुलाई के थाहा पल पल मरेर सम्बन्ध जोगाउन खोज्नुको पिडा...

२७• भाग्यमानी त्यो हुदो रैछ जो संग धन छ हामी संग केही छैन अभागी नै भैएछ ।

२८• खुशीलाई धितो राखेर जिउने गर्नुस, दुःख पिडा त किस्ता किस्तामा आइरहन्छ नि।

२९• भाग्यले बर्बाद पारिदियो र मात्रै हो, नत्र त कुनै पल तिम्रो दिल जितेको थिए नि मैले होइन र कान्छू ?

३०• त्यो निर्दोष आगो लाई के थाहा खाना पकाउदै छु कि लाश जलाउदै छु भनेर...

next page click 👉️ more....